काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक ७५३ पालिकाको अधिवेशन उद्घाटन गरेका छन् ।
अध्यक्ष ओलीले मंगलबार (दिउँसो) ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानबाट एकैपटक भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गरेका हुन् ।
यसअघि गत कार्तिक ६ गते ओलीले देशभर एकैपटक ६ हजारभन्दा बढी वडाहरुको अधिवेशन उद्घाटन गरेका थिए ।
एमालेको आगामी महाधिवेशन मंसिर ९ गतेबाट १२ गतेसम्म चितवनमा हुँदै छ ।
भर्चुअल माध्यमबाट बैठक शुभारम्भ गर्दै आफूहरुले बाहेक अन्य पार्टीले कुनै पनि अधिवेशन उद्घाटन गर्न नसक्ने दाबी समेत गरे ।
एकैपटक ६ हजारभन्दा बढी वडामा अधिवेशन उद्घाटन गरिएको भन्दै ओलीले भने, ‘हाम्रो पार्टीले मात्रै त्यस्तो काम गर्न सक्छ । ’
त्यस्तै ओलीले पछिल्लो समय सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा विघटन उल्ट्याइदिने संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले एकैपटक राजीनामा दिनुपर्ने पनि दाबी गरेका छन् ।