• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

प्रधानमन्त्री देउवा शुक्रबार लन्डन जाने तयारी

  •  राष्ट्रिय संञ्चार
  • १० कार्तिक २०७८, बुधबार १४:५२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान बेलायत जाने भएका छन्। स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन्।

    प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ। जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहने बताइएको छ।

    Advertisement

    प्रधानमन्त्री सचिवालयबाट प्रतिनिधिमण्डलमा कोही नपर्ने बताइएको छ। प्रधानमन्त्री देउवाले आफ्नो सचिवालयमा घोषित रुपमा कसैलाई नियुक्त नगरेकाले उक्त भ्रमणमा नसमेटिएको बताइएको छ।

    प्रधानमन्त्रीको विदेश भ्रमणमा क्रममा परराष्ट्र सल्लाहकार पनि सँगै जाने परम्परा थियो। देउवाले परराष्ट्र सल्लाहकारमा कसैलाई नियुक्ति हालसम्म गरेका छैनन्। जलवायु परिवर्तन सम्बन्धी समिटलाई ध्यानमा राखेर तत्काल परराष्ट्र सल्लाहकार नियुक्त गर्ने सम्भावना नरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। शुक्रबार बिहान देउवा त्यसतर्फ उड्ने भएकाले परराष्ट्र सल्लाहकारको नियुक्तिको लागि देउवाले हतार नगर्ने भएका छन्।

    देउवाको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय यादव संलग्न हुने भएका छन्। उक्त टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा पेम नारायण कँडेल परेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधव कार्की पनि प्रधानमन्त्रीको टोलीमा सहभागी हुने भएका छन्। वन मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन सम्बन्धी विभागका प्रमुख पनि टोलीमा पर्ने बताइएको छ।

    परराष्ट्रका प्रोटोकल चिफ र प्रोटोकल शाखाकै अर्का एक गरी दुई जना उक्त प्रतिनिधिमण्डलमा पर्ने भएका छन्। प्रधानमन्त्रीको सुरक्षामा खटिन ६ जना सुरक्षाकर्मी उनीसँगै जाने भएका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले १८ देखि २० जनाको प्रतिनिधिमण्डल हुने जानकारी दिइन्। प्रधानमन्त्रीसहित बेलायत जाने टोलीको अन्तिम सूची शुक्रबार प्रकाशित गरिने उनले जानकारी गराइन्।

    शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ। जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने भएका छन्। जलवायु परिवर्तन सम्बन्धी समिटमा देउवाले दुई दिन भाग लिने भएका छन्। नोभेम्बर १ र २ तारिखमा देउवा ग्लास्गोमा रहने भएका छन्।

    कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले बेलायतमा उनको स्वागतमा कार्यक्रम गर्ने भएको छ। कांग्रेस कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग प्रधानमन्त्रीले अन्तरक्रिया गर्ने भएका छन्। प्रधानमन्त्री देउवा नोभेम्बर ३ मा नेपाल फर्कने कार्यतालिका बनेको छ।

    अक्टोबर ३१ (आगामी आइतबार, कात्तिक १४) देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तन सम्बन्धी समिट हुने भएको छ। युएन एफसीसीसीका सदस्य रहेका देशहरुको उक्त सम्मेलनमा सहभागिता रहनेछ। यसअघि २०१९ मा जलवायु परिवर्तन सम्बन्धी समिट भएको थियो। यसपटक बेलायत र इटाली आयोजक बनेर सम्मेलन आयोजना गरेका छन्।

    उक्त सम्मेलनलाई ‘कोप २६ समिट’ नाम दिइएको छ। उक्त सम्मेलनमा शक्तिशाली राष्ट्रका नेताहरु पनि सहभागी हुनेछन्।

    Advertisement

    Post Views: 445
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १० कार्तिक २०७८, बुधबार १४:५२ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स
    स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन
    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु
    यो पनि हेर्नुहोस
    सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology