काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो बोलाइएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचि रहेको सचिवालयले बताएको छ।
दसैँपछि पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। गएको मंगलबार बस्ने भनिएको बैठक नेकपा एमालेको पालिका तहको अधिवेशन परेका कारण स्थगित गरिएको थियो।
प्रतिनिधिसभाको हालको अधिवेशन सुरु भएदेखि नै नेकपा एमालेले बैठकमा अवरोध गर्दै आएको छ। एमालेले बिहीबारको बैठकमा पनि अवरोधको तयारी गरेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।