सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। खनालले व्यक्तिगत कार्य व्यस्तताको कारण पदबाट राजीनामा दिएको जानकारी दिएका छन्। असोज ३१ गते खनालले दिएको राजीनामा बुधबार नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले स्वीकृत गरेका छन्।
प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहने मुख्य न्यायाधिवक्तामा नियुक्त भएका खनालले वर्षदिन नपुग्दै पदबाट राजीनामा दिएका हुन्। गएको चैत ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले ६ महिना २५ दिन काम गर्ने मौका पाएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।