• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

भरतपुरमा गठबन्धनको अग्रता कायमै

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

नौ मतदान केन्द्रमा आज मतदान

बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

चट्याङले झापामा युवाको मृत्यु

सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ७. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • ८. श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

  • ९. ओलीलाई गृहवडामै धक्का

  • १०. भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बाटो हेर्दाहेर्दै बित्यो १९ वर्ष, नफर्किएपछि गरियो काजकिरिया

  •  राष्ट्रिय संञ्चार
  • ११ कार्तिक २०७८, बिहीबार १२:२५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मोरङको कानेपोखरीका रामबहादुर धिमालका  छोरा  सुनिल घर फर्केर आउने आशामा बसेको १९ वर्ष भईसक्यो  । अब भने छोरा फर्केर आउने आशा उनले मारिसकेका छन् । सशस्त्र द्वन्द्वका क्रममा कानेपोखरी गाउँपालिका–४ का सुनिललाई राज्यपक्षद्वारा बेपत्ता बनाइएको थियो । सेनाबाट बेपत्ता बनाइएको  १९ वर्षपछि परिवारले सुनिल जीवित नरहेको ठानेर काजकिरिया गरेका छन् । ‘छोरो घर फर्केला भनेर यतिका वर्ष बाटो कुरेर बस्यौं,’ रामबहादुरले भने, ‘कुनै दिन टुप्लुक्क आइपुग्छ कि भन्ने आशामा १९ वर्ष बितायौं, अब भने सुनिल आउने आशा हामीमा रहेन ।’

    सुनिल जीवितै भए अहिलेसम्म घर आइसक्थ्यो भन्ने उनको ठम्याइ रहेको  छ । उनले भने, ‘अब माया मारेर अन्तिम कर्म गरेँ ।’ रामबहादुर र डल्लीमायाका जेठो छोरा सुनिल २०५९ सालदेखि बेपत्ता छन् । ‘२०५९ कात्तिक ६ गते बिहीबार काग तिहारको दिन थियो,’ रामबहादुरले भने, ‘चार जति बजेको थियो होला, सेनाले सुनिललाई पक्रिएको खबर आयो ।’ उनका अनुसार त्यसअघि पनि सेनाले सुनिललाई खोजिरहेको थियो । घरमै सुनिललाई खोज्दै कयौं पटक सेना आए पनि नभेटेपछि फर्किने गरेको उनको भनाइ रहेको  छ ।

    Advertisement

    त्यतिबेला सेनामा गएर भनसुन गर्ने आँट परिवारका कसैमा नभएकाले त्यसपछिको अवस्थाबारे परिवार नै बेखबर रह्यो । तर सुनिललाई पक्राउ गरिएको केही घण्टापछि गाउँमा ‘सुनिललाई सेनाले गोली हानेर मा¥यो’ भन्ने हल्ला चलेको पनि रामबहादुर सम्झन्छन् । त्यो हल्लाले धिमाल परिवारमा रुवाबासी चल्यो । आमा डल्लीमाया मुर्छित बनिन् । तर, हो–होइन भनेर सेनालाई सोध्ने हिम्मत उनीहरुले गरेनन् । सेनासम्म पुग्ने माध्यम पनि भएन ।

    माओवादीमा लागेकै कारण तत्कालीन शाही नेपाली सेनाले सुनिललाई पक्राउ गरेर लगेको थियो । अहिलेसम्म सेना वा राज्यले सुनिलको अवस्थाबारे कुनै जानकारी नदिएको परिवारको भनाइ रहेको छ । सुनिललाई मोरङकै चिसाङ खोलाको जङ्गलमा लगेर सेनाले गोली हानेको खबर धेरैले उतिबेलै धिमाल परिवारलाई सुनाएका थिए ।

    ‘बाँचेको भए त यतिन्जेलसम्म जहाँ भए पनि आउनुपर्ने हो,’ रामबहादुरले भने, ‘उसको आत्माले शान्ति पाओस् भनेर समाजको सल्लाह अनुसार गुरुपुरोहित (ओझा) पढाएर धर्मसंस्कार अनुसार काजकिरिया गरिदिएका हौं ।’ धिमाल पुरोहित खसेन्द्र धिमालका अनुसार बेपत्ता व्यक्तिको १२ वर्षसम्म पत्तो नलागे विधिवत काजकिरिया गर्नुपर्ने परम्परा छ । तर, बुढा भइसकेका आमाबाबुको मनमा चोट नपुगोस् भनेर हतारमा काजकिरिया नगरी १९ वर्षसम्म कुरेको उनले बताएका छन् ।

    धिमाल दम्पतीका तीन छोरामध्ये सुनिल जेठा हुन् । गाउँमा ७ कक्षा पढेर विद्यालय छाडेका उनी २४ वर्षको उमेरमा माओवादी बनेका थिए । सुनिलका माइला भाइ लिलाबहादुर घरमै खेतीपाती गरेर जीविका चलाउँछन् भने कान्छा अमरबहादुर मलेसियामा छन् । बेपत्ता परिवारका लागि भनेर सरकारले पटक–पटक गरेर धिमाल परिवारलाई १० लाख रुपैयाँ दियो । सहिद परिवारलाई मासिक भत्ता दिने घोषणा सरकारले गरेको सुने पनि अहिलेसम्म रकम नपाएको धिमाल परिवारको गुनासो छ । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्याङ्क अनुसार सशस्त्र द्वन्द्वको क्रममा मोरङमा राज्य र तत्कालीन विद्रोही माओवादीबाट गरी २३ जना बेपत्ता छन् । रातोपाटि बाट

    Advertisement

    Post Views: 393
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ११ कार्तिक २०७८, बिहीबार १२:२५ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा गठबन्धनको अग्रता कायमै
    सुनको मूल्य प्रतितोला ९६ हजार ७००
    नौ मतदान केन्द्रमा आज मतदान
    यो पनि हेर्नुहोस
    बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?
    कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
    जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. भरतपुरमा गठबन्धनको अग्रता कायमै

    • २. सुनको मूल्य प्रतितोला ९६ हजार ७००

    • ३. नौ मतदान केन्द्रमा आज मतदान

    • ४. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

    • ५. कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology