कर्णाली करिडोर अनुगमनका लागि प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको टोली बिहीवार कर्णाली प्रदेशका जिल्लाको अनुगमनमा निस्किएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोर सडकको अनुगमनका लागि सांसदहरूको टोली स्थलगत अनुगमनमा गएको हो ।
सभापति कल्याणी खड्काको नेतृत्वमा गएको टोलीमा नेपाली कांग्रेसका सांसदहरु सञ्जय गौतम, रामबहादुर विष्ट, रंगमति शाही, एमालेका यज्ञराज सुनुवार, माओवादीका गजेन्द्र महत र कमला रोका तथा जनमोर्चाकी दुर्गा पौडेल लगायको टोलि रहेका छन् ।
संसदीय समितिले सेनाले गरिरहेको कामको अनुगमन गरेर करिडोर निर्माणमा देखिएका समस्याको बारेमा जानकारी लिनेभएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।