काठमाडौं । नेकपा ‘एमाले’ केन्द्रीय कमिटीको बैठक आज शुक्रबारबस्ने भएको छ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिएका छन् । बिहीबार मात्र एमाले स्थायी कमिटी बैठक बसेको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।