• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

अफगानिस्तानबाट ३२ नेपालीको उद्धार

  •  राष्ट्रिय संञ्चार
  • १२ कार्तिक २०७८, शुक्रबार १४:५७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    अफगानिस्तानको राजधानी काबुलबाट ३२ जना नेपालीको उद्धार भएको छ।  रोजगारीका लागि पुगेका, तर बेरोजगार अवस्थामा रहेका ३४ जनामध्ये दुईजना कात्तिक ४ गते फर्केका थिए भने कागजात नभएका ३२ जना इरान, दुबई हुँदै भोलि बिहान पौने १० बजे काठमाडौं आइपुग्दै छन्।  उनीहरूले काबुल छाडेका छन्।

    नयाँदिल्लीस्थित नेपाली कार्यबाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार ३२ जना नेपाली आज काबुलबाट इरानको महान एयरलाइन्सबाट तेहरानतर्फ प्रस्थान गरेका छन्।  उनीहरू तेहरानबाट साँझ अबेर दुबई पुग्नेछन्।   त्यहाँबाट तीनजना फ्लाई दुबईको उडानबाट र बाँकी २९ जना नेपाल एयरलाइन्सको नियमित उडानबाट भोलि बिहान पौने १० बजे काठमाडौं आइपुग्ने कार्यबाहक राजदूत सुवेदीले बताएका छन् ।

    Advertisement

    कात्तिक ३ गते उद्धार हुने भनिए पनि ३४ जनामध्ये ३२ जना काबुल विमानस्थलबाट फर्केका थिए।  उद्धार भएर आउने ३२ जना नेपालीको हवाई भाडा, काबुलमा बढी समय बसेको शुल्क, पिसिआर परीक्षणको शुल्कसहित नेपाल सरकारले व्यहोर्ने भएको छ।  सुवेदीका अनुसार उनीहरूको उद्धारमा लाग्ने सबै खर्च नेपाल सरकारले तीन सातामा भुक्तान गर्ने निर्णय गरेको छ।

    करिब १३ सय अमेरिकी डलर हवाई भाडा, प्रतिव्यक्ति ६५ अमेरिकी डलरका दरले ओभर स्टे शुल्क र पिसिआर परीक्षणको थप शुल्क नेपाल सरकारले व्यहोर्नेछ।

    उद्धार गर्नुपर्ने नेपालीमध्ये कोही पाँच महिनाअघि पुगेर बेरोजगार भएकाहरू छन् भने कोही १८ महिनादेखि बेरोजगार भएका नेपालीहरू छन्।  उनीहरूलाई सुरुमा सुरक्षा प्रदायक कम्पनीका बिचौलियाहरूले काबुलका विभिन्न होटेलमा खानपिन र बसोवासको बन्दोबस्तसहित राखेका थिए।  तर, उनीहरूले जागिर पाएका थिएनन्।
    तालिबानले शासन लिएसँगै काबुलबाट विदेशी नागरिकको उद्धार हुने क्रममा उनीहरू विमानस्थल पुगे पनि उद्धार हुन सकेको थिएन। त्यसपछि काबुलमा रहेका शिख समुदायका गुरुद्वारा हुँदै उनीहरू काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीको व्यवस्थापनमा राष्ट्रसंघीय हाता (ग्रिनजोन) मा बसेका थिए।  उनीहरूलाई काठमाडौं नआउन्जेलसम्मका लागि आइडिजीले खानपिन र बसोवासको प्रबन्ध गरेको थियो।

    सुरुमा १७ जना भारतीय, ८५ जना बिदामा आउनुपर्ने सुरक्षाकर्मी तथा उद्धार गर्नुपर्ने ३४ जना नेपाली पूर्वसुरक्षाकर्मीलाई ४ असोजमा काबुलबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी थियो।  आउनुपर्ने सूचीमा १७ जना नेपाली मूलका भारतीय सुरक्षाकर्मी पनि भएकोले दिल्लीमार्फत उडानका लागि आइडिजीले प्रयास गरेको थियो।   भारतीय विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ, अफगान अधिकारी र काबुल विमानस्थलको व्यवस्थापन हेरेको कतारसँग समन्वय गरेको थियो।

    Advertisement

    तर, काबुलबाट ठूला अन्तर्राष्ट्रिय  एयरलाइन्सले व्यावसायिक उडान भरेका छैनन्। काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षा प्रदायक कम्पनी आइडिजीले ४ असोजमा इरानको महान एयरलाइन्सबाट तेहरान भएर नेपालीहरूलाई काठमाडौं उडान भर्ने तय गरेको थियो।  तर, त्यो प्रयास नभएपछि विभिन्न विकल्पमा छलफल भएको थियो।

    Advertisement
    Advertisement

    Post Views: 46
    १२ कार्तिक २०७८, शुक्रबार १४:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology