डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका(१ स्थित घण्टेश्वर मन्दिर नजिक ना८ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जानकारी गराएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो ।
बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिएका छन् । डीएसपी नेपालका अनुसार घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।
घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका(६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका-८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार(६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौडी नगरपालिका-१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेको प्रहरीले जानकारी दिएको छ ।