काठमाडौँ – सर्वोच्च बारका कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशले इजलाश बहिस्कार गरिरहेका बेला बारले कालो पट्टी बाँधेर आन्दोलन गरेको छ ।
आइतबार पनि उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतमै विरोध प्रदर्शन गरेका थिए ।
भने सोमबार पनि अधिवक्ताहरुले कालो पट्टी बाँधेर जबराको राजीनामा माग गरिरहेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।