दाङको तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १८ दुघरासमा भएको स्कुटर दुर्घटनामा स्थानीय मधुसुदन चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।