• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सरकारको नेतृत्व छाड्न कांग्रेसले दियो, माओवादीलाई चार बजेसम्मको अल्टिमेटम

  •  राष्ट्रिय संञ्चार
  • १५ कार्तिक २०७८, सोमबार १३:५६ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत । नेपाली कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रलाई सरकार छाड्न आज अपरान्ह ४ बजेसम्मको समयसीमा दिएको छ। माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने कांग्रेसको माग रहेको  छ।

    वर्तमान सरकारमा मन्त्रीको हिस्सेदारी बढाएर सहकार्य गर्ने पक्षमा कांग्रेस देखिएको छैन। प्रदेश सरकारमा कांग्रेसका दुई मन्त्री छन्। कांग्रेस सांसद हिमबहादुर ‘शाहीले  भने” आज ४ बजेसम्म माओवादीबाट के जवाफ आउँछ कुर्छौं। मुख्यमन्त्रीले राजीनामा नदिए पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं।’

    Advertisement

    मुख्यमन्त्री शाहीले आज राजीनामा नदिए कांग्रेसको भोलि (मंगलबार) बिहान बैठक बसेर निर्णय गर्ने कांग्रेस सांसद शाहीले जानकारी दिएका छन् । ‘अहिलेसम्म माओवादीले एस/नो केही भनेको छैन’, कांग्रेस सांसद शाहीले भने, ‘माओवादीले इमान्दारिता देखाएन भने सरकारलाई  दिएको समर्थन फिर्ता लिन्छौं।’

    माओवादीले केन्द्रको निर्देशन कुरेर सत्ता छोड्न आलटाल गरेको कांग्रेसको बुझाइ रहेको  छ। वर्तमान सरकारमा सहभागी भएर यसैलाई निरन्तरता दिने पक्षमा कांग्रेसका प्रदेश सांसद देखिएका छैनन्। कर्णालीमा दुई दलबीच देखिएको विवादका सन्दर्भमा केन्द्रमा कुरा नभएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन् ।

    कांग्रेस र तत्कालीन एमालेका (माधव नेपाल पक्ष) सांसदले दिएको विश्वासको मतको आधारमा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए। हाल समाजवादीमा रहेका अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही संवैधानिक व्यवस्था अनुसार आज मन्त्रीबाट पदमुक्त हुँदैछन्। एमालेले कारबाही गरेपछि उनीहरू गैरसांसदका रूपमा मन्त्री बनेका थिए।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 77
    १५ कार्तिक २०७८, सोमबार १३:५६ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    • २. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ३. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ४. कक्षा १२ को परीक्षा आजदेखि

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology