• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

थप १५ केन्द्रमा मतदान जारी

आज सुन-चाँदीको मूल्य घट्यो

बालेन शाहको १५ हजार मत कट्यो, पछिपछि स्थापित

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

बजेटको आकार नबढाउन सुझाव

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ४. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ५. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ६. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. प्रदेश अस्पताल सुर्खेतले आइतबार ओपिडी बन्द नगर्ने

  • १०. भरतपुरमा गठबन्धनको अग्रता कायमै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पाँच रुपैयाँमा एक गाग्री पानी

  •  राष्ट्रिय संञ्चार
  • १६ कार्तिक २०७८, मंगलवार १२:०३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जाजरकोट  ।  भेरी नदीको किनारमै छ कुदुको विशाल फाँट । सिँचाइ अभावमा यहाँ वर्षेबाली मात्रै लगाइन्छ । हेर्दा सुन्दर र आकर्षक देखिए पनि झन्डै एक हजार घरधुरी रहेको भेरी नगरपालिका–१३ कुदुका बासिन्दा ५ दशकदेखि स्वच्छ खानेपानीको सुविधा पाउनबाट भने  वञ्चित रहेका छन् ।

    उपयुक्त योजनाको अभावमा वर्षौंदेखि खानेपानीको कहर भोग्दै आएको स्थानीय अम्बिकाप्रसाद आचार्यले बताएका छन् । ‘हाम्रा लागि योजना निर्माण चुनावको नारा मात्र भयो,’ उनले भने, ‘पानीका लागि पुस्तौंदेखि दुःख भोग्दै आइरहेका छौं ।’ उनका अनुसार नदी तल र गाउँ माथि पर्दा खानेपानीको योजनाले सार्थकता पाउन नसकेको हो ।

    Advertisement

    भेरी नगरपालिकाले २ वर्षअघि ४४ लाख रुपैयाँ खर्चेर कुदु स्वास्थ्यचौकी परिसरमा डिप बोरिङमार्फत पानी निकालेको थियो । तर विद्युत् महसुलका नाममा एक गाग्री पानीका लागि ५ रुपैयाँ तिर्नुपर्ने बाध्यता भएको स्थानीय सावित्रा रावतले गुनासो गरिन् । पानीको अभावकै कारण अड्कलेर खानुपर्ने बाध्यता रहेको उनले सुनाइन् । ‘वर्षायाममा आकासेपानी उपभोग गर्छौं,’ उनले भनिन्, ‘अरु समय सधैं पानीको पिरलो हुन्छ ।’ खानेपानी समस्याकै कारण गाउँका अधिकांश शौचालय प्रयोगविहीन रहेका छन् । पशुपालन गर्न पनि समस्या भएको उनले गुनासो रहेको छ  ।

    भेरी नदीबाहेक गाउँ आसपास पानीको मुहान छैन । भेरी नदीको धमिलो पानीभन्दा डिप बोरिङको पानी सफा हुने भए पनि रातिको १२ बजेसम्म लाइन बसेर पानी ल्याउनुपर्ने बाध्यता भएको स्थानीय अगुवा ध्रुवप्रसाद शर्माले बताए । खानेपानी समस्या समाधानका लागि २ वर्षअघि छहरी–कुदु खानेपानी योजनाको काम अघि सारिएको थियो । तर भेरी नगरपालिकाको ४२ लाख, वृहत जलाधार कार्यालयको २ लाख र खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४ लाख रुपैयाँ खर्च भएको योजना अझै अधुरो रहेको  छ । ‘बजेट विनियोजन गरेर योजनामा लगानी गरे पनि अनुगमन नहुँदा बालुवामा पानी हालेजस्तै भएको छ,’ उनले भने, ‘एक त बजेट आउँदैन, आए पनि काम गुणस्तरीय हुँदैन ।’

    खानेपानी योजनाका लागि बर्सेनि बजेट आएको सुने पनि आफूहरूको सास्ती नघटेको स्थानीय रामकृष्ण गिरीले बताउछन्  । ‘जिल्ला पञ्चायतदेखि नै खानेपानी योजना माग्दै आएका छौं,’ उनले भने, ‘यस्तै बेवास्ता भए हाम्रा छोरानातिले पनि पानीका लागि सास्ती भोग्ने भए ।’

    कार्यालयमा एउटा योजनाका लागि १/२ करोड रुपैयाँ मात्र बजेट आउने भएकाले कुदुमा बृहत खानेपानी योजना सञ्चालन गर्न समस्या भएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताएका छन्  । ‘हामीकहाँ मर्मत र साना योजनाका लागि मात्र बजेट आउँछ,’ उनले भने, ‘संघीय सरकारका विभिन्न निकायलाई यसबारे जानकारी गराए पनि बेवास्ता भइरहेको छ ।’

    भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले कुदु खानेपानीका लागि बर्सेनि बजेट विनियोजन गरिरहेको बताउछन्  । स्थानीय सरकार गठनपछि खानेपानीका लागि मात्रै झन्डै ९८ लाख रुपैयाँ खर्च भएको उनले दाबी रहेको छ ।

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १६ कार्तिक २०७८, मंगलवार १२:०३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज सुन-चाँदीको मूल्य घट्यो
    बजेटको आकार नबढाउन सुझाव
    सुनको मूल्य प्रतितोला ९६ हजार ७००
    यो पनि हेर्नुहोस
    सुनको मूल्य प्रतितोला एक हजारले घट्यो
    बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश
    आज सुनको मूल्य घट्यो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • २. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ३. भरतपुरमा एक हजार ७१२ मतले रेनु अगाडि

    • ४. डेढ सय पालिका जित्दै कांग्रेसको अग्रता

    • ५. थप १५ केन्द्रमा मतदान जारी

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    • ५. माओवादीद्वारा चुनाव बहिष्कार, यहि वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology