गुल्मी : श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन्। मुसिकोट नगरपालिका – ४ वडागाउँका दिपक काउछा मगरले मंगलबार दिउँसो जंगलमा वन कुखुरा मार्न चलाएको भरुवा बन्दुकको छर्राले लागेर उनकै श्रीमती ४२ वर्षीय बसन्ती काउछा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गोलीको छर्राले कम्मरमा लागेर घाइते भएकी काउछाको तमघास अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं आर्मी अस्पताल छाउनीमा रिफर गरिएको छ । धारापानी जंगलमा प्रहरीले भरुवा बन्दुक फेला पारेको जानकारी दिएको छ । घटनापछि फरार रहेका दिपक काउछालाई प्रहरीले पक्राउ गरेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।