काठमाडौं । दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ । काठमाडौं उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटारलगायत ठाउँमा आगलागी भएको छ । आगलागीबाट अनामनगरमा सबैभन्दा धेरै क्षति भएको छ ।
अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँबराबरको नोक्सानी भएको छ । हिजो बेलुका लक्ष्मीपूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।
हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि निभाइएको थियो । आगलागीबाट सँगै रहेको अर्को कस्मेटिक पसल पनि जलेको प्रहरीले जनाएको छ
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।