आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। ती मध्ये दुई महिलासहित ७ जनाको सनाखत भएको छ।
सल्यानको जयतपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको थियाे।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक तथा प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार बसमा चालकसहित ३१ जना रहेको बुझिएको छ।
घाइतेको उद्धार गरेर सल्यानको श्रीनगरमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक जनाको मृत्यु उपचारको क्रममा भएको जनाइएको छ। बाँकी सबै घाइते छन्।
चालक भने फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।
दुर्घटनामा मृत्यु हुने कसैको पनि सनाखत हुन भने सकेको छैन।
दुर्घटनामा पर्नेमा अधिकांश तिहारको विदा सकेर दाङ र अन्य शहरी क्षेत्रमा फर्कन लागेका रहेको प्रहरीको अनुमान छ।
सल्यानको जयतपानीबाट, दुलधारा, खलंगा हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको बस धेरै गति र जीर्ण सडकका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएकाे छ।