• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

भारतीय एसएसबी हतियारसहित नेपाल प्रवेश

  •  राष्ट्रिय संञ्चार
  • २३ कार्तिक २०७८, मंगलवार १२:५० प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    नवलपरासी ।  सुस्तामा भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेको छ । पछिल्लो पटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका छन्  ।

    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्तामा  पटकपटक भारतीय पक्षले  अतिक्रमणमा पार्दै आएको क्षेत्र हो । पछिल्लो पटक आइतबार र सोमबार भारतीय एसएसबीहरु हतियारसहित पुगेर सुस्ता क्षेत्रको नापजाँच नै गरेपछि बाँकी रहेको जमिनसमेत फेरि भारतले खोसेर लग्ने हो की भन्नेमा सुस्तावासीको चिन्ता बढेको छ।

    Advertisement

    अतिक्रमणको प्रयासस्वरुप उनीहरुले हरेक वर्ष नापजाँच गर्दै आएको स्थानीय रविन्द्र जयसवालले जानकरी दिएका छन्  । अहिले २ दिन फिता लगाएर नापजाँच गरेको एसएसबीले ६ महिनाअघि पनि सुस्ता क्षेत्रमा ड्रोन चलाएको थियो। यसपटक भने ड्रोन नभइ सुस्ताको पश्चिमतर्फ फिताले नापजाँच गरेर गएको उनले बताएका छन्  ।

    सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण कार्य बढाउँदै गएका छन्  । अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षाअधिकारीको सहमति अनुसार १९ हजार ४ सय ८० हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो ।

    उक्त जमिनको सुस्तावासीसँग लालपुर्जा छ । तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षाअधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेका थिय। त्यही जमिनमा अहिले एसएसबीले नापजाँच गरेको छ । भारतले विवाद निकालेको उक्त जमिनको १ सय १३ जनासँग लालपुर्जा रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । ‘मालपोत भएको जग्गामा विवाद निकाल्दा समेत सरकार मौन छ,”उनले भने ।

    एसएसबीले नापजाँच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरु सोमबार सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेका छन । सीमा सुरक्षाका लागि सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ । हतियारसहित आएका एसएसबीले गरेको नापजाँचका बारेमा माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ रहेको  छ ।

    Advertisement

    ‘हतियारसहित नापजाँचका लागि एसएसबी आएको स्थानीयबाट खबर पायौं । हाम्रो प्रहरीको टोली नपुग्दै उनीहरु गइसकेका रहेछन्,” प्रजिअ मिश्रले भने । विना अनुमति सुस्ता क्षेत्रमा एसएसबी प्रवेश गरेको बारे गृहसचिव र शान्ति सुरक्षा महाशाखा प्रमुखलाई जानकारी गराएको उनले बताएका छन्  । ‘मैले यसबारे भारत बिहार प्रदेश पश्चिम चम्पारन जिल्लाका प्रमुख (डिएम) कुन्दन कुमारलाई पनि जानकारी गराएको छु । उहाँले यो गलत काम भएको र त्यसबारे मातहतलाई निर्देशन दिने बताएको  छ,” प्रजिअ मिश्रले भने ।

    कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ भने  ७ हजार ५ सय हेक्टर मात्र भोग चलन गर्दै आएका छन् । भारतले विवाद निकालेको १९ हजार ४ सय ८० हेक्टर जमिनमा भारतीय पक्षले पटक पटक गिद्दे नजर लगाउँदै आएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 83
    २३ कार्तिक २०७८, मंगलवार १२:५० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology