सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाइ हटाएर तिलक परियारलाइ नियुक्त गर्न निर्णय गरेको छ । केन्द्रीय सरकारको मन्त्रीपरिषद् बैठकले कर्णालीका प्रदेश प्रमुख कलौनीलाइ हटायर परियार पठाएको हो ।
सरकारले प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो ।
बैठकले प्रदेश १ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिसगरेको छ । खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् भने परियार माओवादी केन्द्रबाट हुन् भने जोशी भने नेपाली कांग्रेसका पूर्व सांसद समेत रहेका थिय ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।