• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

चर्चित

  • १. कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

  • २. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

  • ३. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • ४. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ५. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ६. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

डोटीमा खानेपानीको समस्या

  •  राष्ट्रिय संञ्चार
  • २४ कार्तिक २०७८, बुधबार १३:२५ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    डोटी । बेमौसमी वर्षाका कारण डोटीमा खानेपानीका मुहान बगाउँदा जिल्लावासी खोलानालाको दूषित तथा फोहर पानी पिउन बाध्य भएका छन् । बाढीले बगाएका खानेपानीका मुहान मर्मत हुन नसक्दा अहिले जिल्लामा खानेपानीको समस्या समेत उत्पन्न देखिएको  छ ।

    जिल्लाको सदरमुकामसहित ग्रामीण बस्तीमा बाढीले खानेपानीका पाइप बगाएकाले मर्मत गर्न नसकिएका कारण स्थानीयवासी खोलाको फोहर पानी पिउन बाध्य भएको जोरायल गाउँपालिका–५ गड्सेराका डम्बरबहादुर विष्टले जानकारी दिएका छन्  । यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्न थालेका छन् । गत असोज अन्तिम साता आएको बेमौसमी बाढीपहिराका काराण जिल्लाका विभिन्न बस्तीमा निर्माण गरिएका खानेपानीका मुहान तथा पाइप लाइन बगाएका कारण अहिले यहाँ शुद्ध खानेपानीको समस्या उत्पन्न देखिएको  हो । पानीको समस्या भएपछि यहाँका नागरिक खोलानाला, कुँवाको फोहर पानी पिउन बाध्य बनेको दिपायल गैराका स्थानीयवासी भरत कामीले जानकारी दिएका छन्  ।

    Advertisement

    जिल्लाको दिपायल, सिलगढी, सेरी, राजपुर, तिखा, गड्सेरा, कुमालीकोटलगायतका ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानीको समस्या आइपरेको र खोलानालाका पानीको भरमा खानेपानीको गुजारा चलाइरहेको शिखरनगरपालिका–१ सेरीका स्थानीयवासी भक्तबहादुर विकले बताए । वडाको दलित बस्ती सेरीगाउँमा सबैभन्दा बढी पानीको समस्या हुने गरेकोे स्थानीयवासी बताउँछन् ।

    घरका एक जनाले पानी भर्नमै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमै बस्ने गरेको स्थानीयवासीले  बताउँछन् । खानेपानीका लागि बिहान ३÷४ बजेदेखि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताए । उनले भने, “घरमा खानलाई पानी हुँदैन, आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्नुपरेको छ ।” धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने वा दुई÷तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो रहेको छ  ।

    Advertisement
    Advertisement

    Post Views: 8
    २४ कार्तिक २०७८, बुधबार १३:२५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    यो पनि हेर्नुहोस
    ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    • ५. ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology