त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।
दुबईबाट मंगलबार बिहान आएका उनले मलद्वारमा लुकाएर सुन ल्याएका थिए ।उनीसँग थप सुन भएको आशंकामा अहिले काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्न लगिएको एसएसपी बास्तोलाले बताए।
राष्ट्रिय संञ्चारबाट प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। साथै हाम्रो *युटुब च्यानलमा पनि हेर्न नभुल्नू होला धन्यवाद ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।