काठमाडौं । कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश र १, प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा कर्णाली प्रदेशका तिलक परियार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार उनीहरूलाई नियुक्त गरेकी थिइन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।