सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय बबिन शाही बाँकेस्थित जमुनाहा नाकाबाट पक्राउ परेका छन् ।
शाहीले प्रहरीको आँखा छल्न रियल जुसको दुई वटा बट्टामा राखेर दुई लिटर प्रतिबन्धित लागुऔषध कोरेक्स र १५ ट्याबलेट नाइट्रोभ्याट नामक लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले जानाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाहा र लागुऔषध ब्युरो शाखा नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले शाहीलाई बिहीबार बेलुका सवा ६ बजेतिर पक्राउ गरेको हो।
पक्राउ परेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।