रोल्पा । रोल्पामा आइतबार बिहान ११ बजेतिर जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
थप तीनजना घाइते भएका छन उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको छ। दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
रोल्पा प्रहरी प्रमुख डीएसपी नरेशराज सुबेदीले मृतकको पहिचान भइ नसकेको जानकारी दिएका छन् । जीपमा ६ जना यात्रु भएको हुनसक्ने सुबेदीले जानकारी दिए। उनका अनुसार प्रहरीले दुर्घटनास्थलमा खोजी कार्य जारी राखेको छ ।
माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।