मुस्ताङ । आईतबार मुस्ताङको थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएको छन् । हिम पहिरो जाँदा भागदौड हुदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाकारी दिएका छन् ।
हिम पहिरो गएपछि कोवाङ, लार्जुङ, नाउरिकोट, आसपासका स्थानीयको भागदौड हुँदा उनीहरु घाइते भएका हुन् । थासाङ गाउँपालिका, मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो । हिम पहिरोका कारण बेनी–जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गरेको प्रहरीले जानकारी दियको छ ।
साङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत बढेको जिल्ला प्रहरी कार्यलय मुस्ताङका प्रहरी निरिक्षक आशिष अधिकारीले बताएका छन् ।
उनले फेरि पनि हिम पहिरो जानसक्ने भएकाले वरपरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको समेत जानकारी दिएका छन ।