रूपन्देहीको तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट एक थान कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन्। तिलोत्तमको बिन्दुनगरका २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरी टोलीले हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।