• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

डोल्पामा पहिरोमा परि चालकको मृत्यु

कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए

सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

धनगढीमा एक जना मृत अवस्थामा भेटिए

लोसपा र नेसपा सत्ता पक्षसँग नजिकिँदै

चर्चित

  • १. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • २. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ३. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ४. सल्यानमा दुई भारतीय नागरिक पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्दै गर्दा पक्राउ

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ७. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ८. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • ९. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • १०. माछा उत्पादनबाट मनग्य आम्दानी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मुस्ताङमा नौ प्रतिशतले स्याउ उत्पादन बढ्यो

  •  राष्ट्रिय संञ्चार
  • ५ मंसिर २०७८, आईतवार १४:१२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मुस्ताङ ।  मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

    कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिएका हुन्  । उनका  अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ । “क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो”, उनले बताएका छन् , “पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।” मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले रु ५५ करोड भित्र्याएका छन् । प्रतिकिलो रु १०० का दरले स्याउ बिक्री भएको थियो ।

    Advertisement

    मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो ।

    वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ । यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो ।

    असी  प्रतिशत स्याउ दसैं–तिहारमा जिल्ला बाहिरिएको थियो । बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा बिक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ । मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको थियो । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 55
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    ५ मंसिर २०७८, आईतवार १४:१२ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…
    प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित
    चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति
    यो पनि हेर्नुहोस
    अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली
    डोल्पामा पहिरोमा परि चालकको मृत्यु
    कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

    • २. प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

    • ३. चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

    • ४. अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

    • ५. डोल्पामा पहिरोमा परि चालकको मृत्यु

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology