बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोधराज ओझाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेकाे जानकारि दिएकाे छ ।
दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन् । दशरथचन्द नगरपालिका– ६ का ५८ वर्षीय हर्कबहादुर चन्द र जिपचालकसमेत रहेका डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएको ओझाले जानकारि दिएका छन ।
देहिमाडौंबाट जन्ती लगेर दशरथचन्द नगरपालिका– ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बर जिप सोही नगरपालिकाको वडा नं ४ स्थित कलुवामोडमा आइतबार राति दुर्घटना भएको हो । जिप सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।