नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँड्न व्यर्थ भएको बताउनुभएको हो ।
आज जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको सबैले महशुस गरेको दाबी गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र मंसिर १५ गतदेखि सो चिन्हको स्टिकर लिएर आर्थिक संकलनको निम्ति जनताको घर घरमा पुग्ने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरमा राख्न उपयुक्त हुने धारणा राखेपछि उहाँलाई सञ्चारकर्मीहरुले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भनेर सोधेका थिए । त्यसबारे उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिन्छ ।’ जन आस्था बाट