• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

पाउँदैनन् सर्वसाधारणले हुम्लामा जहाजको टिकट

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

बिहारमा आँधीबाट ३३ को मृत्यु

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ६. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ७. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कांग्रेस महाधिवेशनको विभिन्न जिल्लाको प्राप्त मतपरिणाम

  •  राष्ट्रिय संञ्चार
  • १२ मंसिर २०७८, आईतवार १३:५७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा भएका मतदानको परिणाम प्राप्त भएको छ ।

    काभ्रेपलाञ्चोकः– काभ्रेपलाञ्चोकमा भएको अधिवेशनमा  जिल्ला सभापति पदमा तीर्थ लामा अधिक मत ल्याएर विजयी भएका छन्  ।

    Advertisement

    उनले  प्रतिस्पर्धी अच्युत पौडेललाई ८७६ मतान्तरले पराजित गरेका हुन्  । लामाले प्रतिस्पर्धीभन्दा दोब्बर बढी एक हजार ६४६ मत प्राप्त गरेका छन्  । निर्वाचनमा लामाको समूह नै विजयी भएको हो । पार्टीको जिल्ला समितिको नयाँ नेतृत्वका लागि शुक्रबार बनेपामा भएको मतदानमा  कूल दुई हजार ५४४ प्रतिनिधिमध्ये दुई हजार ४६८ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ  ।

    बिजयीहरूमध्ये उपसभापतिमा रमेशप्रसाद न्यौपानेले एक हजार ५२३ र ठाकुरप्रसाद न्यौपानेले एक हजार ४००, सचिवमा गुणराज मोक्तानले एक हजार ४२० र माधवप्रसाद ढकालले एक हजार ४१० तथा  सहसचिवमा समीर ब्याञ्जु श्रेष्ठले एक हजार ४४५ र रवीन्द्रनाथ सिग्देलले एक हजार ४१९ मत प्राप्त गरेका छन्  ।

    यसैगरी खुला जिल्ला सदस्य पदमा यादवप्रसाद सापकोटा, बद्रीप्रसाद खकुरेल, स्थानीय तहतर्फबाट सदस्यमा अप्सरा ढुङ्गाना (सिपखान) टुल्कु लामा, दीपेन्द्र पौडेल, सनिता न्यौपाने बजगार्इं , बलराम कोइराला, रामकृष्ण पोखरेल, सीता खनाल, कुवेर सापकोटा,  विश्वराम खड्का, अनिता थापा कार्की, भोलाप्रसाद भट्टराई, हरिश्चन्द्र अधिकारी, राधिका श्रेष्ठ तिमल्सिना, रामकृष्ण चापागाईं, वेदप्रसाद न्यौपाने, इन्दिरा बुढाथोकी, चेतबहादुर लामा, इन्द्रमाया लामा, हिरा तामाङ, दुर्गाप्रसाद अधिकारी, सरिता लामिछाने लामा, चित्रबहादुर गोले, रिता रुम्बा लामा कमलराज लामा, लक्ष्मी घिसिङ लामा, कृष्णबहादुर लामा र सावित्री माझी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    स्थानीय तहतर्फबाट सदस्यमा तेमाल गाउँपालिकाको महिलातर्फ सुनिता तामाङ, महाभारत गाउँपालिकाको खुलातर्फ जगत बम्जन र महिलातर्फ राधिका रानामगर निर्विरोध निर्वाचित हुनुभएको छ । समावेशी जिल्ला सदस्यमा खस–आर्यतर्फबाट जगन्नाथ गिरी, बालकृष्ण दाहाल, सन्तोष गौतम, हरिप्रसाद दुलाल, कल्पना ढकाल, रुपा लामा, तारादेवी आचार्य, रविना पाण्डे विष्ट तथा आदिवासी जनजातितर्फ कान्छा लामा, जोगलाला लामा, डिलबहादुर लामा, वीरबहादुर भोम्जन, सन्तमान तामाङ, ज्ञानबहादुर लामा, शान्ति लक्ष्मी श्रेष्ठ, सरस्वती श्रेष्ठ, सुजाता लामा, सुन्तली तितुङ, हिराकुमारी लामा र ज्ञानीमाया लामा विजयी भएका छन्  ।

    यस्तै दलिततर्फबाट जिल्ला सदस्यमा धनराज सुर्खेती, अल्पसङ्ख्यक तर्फबाट रामप्यारी पोटे अवाले निर्विरोध तथा जिल्लाबाट एकसदस्यीय महाधिवशेन प्रतिनिधिमा श्यामबहादुर कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

    सिन्धुपाल्चोक– कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन्  ।

    शनिबार भएको निर्वाचनमा  क्षेत्र नं १ मा बस्नेत र  क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित हुनुभएको हो । बस्नेतले निकटतम प्रतिस्पर्धी तीर्थ लामालाई तामाङले कृष्णबहादुर तामाङलाई पराजित गरेका हुन्

    राति आएको परिणाममा बस्नेतको समूहबाटबाट सचिवमा कृष्णप्रसाद आचार्य र सञ्चवीर तामाङ, सह सचिवमा अजय तामाङ र सुजन पौडेल विजयी हुनुभयो भने सदस्यमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिराबहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका थिए  ।

    यस्तै क्षेत्र नं २ सभापतिमा तामाङको समूहका सचिवमा केशव श्रेष्ठ र विष्णु घोरसैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ  तथा  सदस्यहरूमा सुशीला लामिछाने, बुद्धिबहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भएका छन्   ।

    दाङ–नेपाली कांग्रेस दाङको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ । शनिबार भएको मतदानमा सभापतिका उम्मेदवार चार जनामध्ये कसैले पनि ५१ प्रतिशत मत  प्राप्त गर्न नसकेपछि पुनःमतदान हुन लागेको नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिका प्रवक्ता युवराज बस्नेतले जानकारी दिएका छन्  ।

    जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार १३८ मत खसेको थियो । विधानअनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत लिनुपर्ने प्रावधान रहेकामा कसैले  पनि ५१ प्रतिशत मत नआएकाले  चार उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्नुभएका शङ्कर डाँगी र भूपबहादुर डाँगीबीच फेरि प्रतिष्प्रर्धा हुने भएको हो ।

    गएराति सकिएको मतगणनामा सभापतिमा शङ्कर डाँगीले ७७६, भूपबहादुर डाँगीले ५४६, कमलकिशोर घिमिरे ३१५ मत र जानकीलाल बस्नेतले ४७१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

    सभापतिमा निर्वाचित हुनेले कम्तीमा एक हजारभन्दा बढी मत लिनुपर्नेछ । यसैबीच नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन्  ।

    त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा  राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन् भने  अन्य पदको भने मतगणना भइरहेको छ ।

    इलाम(मङ्गलबारे)– इलाम जिल्ला सभापतिमा युवा नेता डम्बर खड्का विजयी बएका छन् । अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतान्तरले पछि पार्दै उनी निर्वाचित भएका हुन्  । प्राप्त मतपरिणाम अनुसार खड्काले ९३५ मत र आचार्यले ७७५ मत मात्र पाएका थिए ।

    सभापतिमा खड्का निर्वाचित हुँदा अन्य पद भने मिश्रित बनेको छ । सो क्रममा उपसभापति पदमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित भएका छन् ।

    सचिव र सहसचिव पदमा आचार्य र खड्का पक्षका एक÷एकजना निर्वाचित भएका छन । आचार्यको समूहबाट सचिवमा पूर्णप्रसाद गौतम  र खड्का समूहका  निरोज खड्गी  विजयी भएका हुन् ।

    सहसचिवमा देवेन्द्र सुवेदी, डालाकुमारी कार्की विजयी भए । एक हजार ७९५ मतदाता रहेकामा एक हजार ७३२ मत खसेको र  छ वटा मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका क्षेत्रीय सभापतिले प्राप्त गरेको मत पुनःगणना गर्दासमेत बराबरी आएको छ ।

    गत मङ्गलबार सम्पन्न भएको मतदानमा क्षेत्रीय सभापतिका प्रत्यासी जगत कार्की र सूर्य गुरुङले समान ३९४ मत प्राप्त गरेपछि शनिबार पुनःमतगणना गरिएको थियो । शनिबार गरिएको पुनःमतगणनामा पनि दुवै उम्मेदवारको मत बराबरी आएको नेपाली कांग्रेसका सहायक निर्वाचन अधिकृत चुडामणि शर्मा कँडेलले जानकारी दिएका छन्  ।

    उम्मेदवारको मत बराबर आएको अवस्थामा गोलाप्रथाबाट विजयी उम्मेदवारको छिनोफानो गर्नुपर्ने विधान रहे पनि विरोध र असन्तुष्टिपछि उम्मेदवारको आग्रहमा शनिबार पुनः मतगणना भएको उनले जानकारी दिए  ।

    पुनःमतगणनामा पनि मत बराबर आएपछि अब भने गोलाप्रथाबाटै क्षेत्रीय सभापतिको टुङ्गो लगाउने गरी प्रक्रिया अगाडि बढाइने सहायक निर्वाचन अधिकृत कँडेलले जानकारी गराएका छन्   ।

    क्षेत्र नं २ को सभापतिमा टुङ्गो नलागेपछि जिल्लाको अधिवेशन नै पर धकेलिएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जिल्ला अधिवेशन भने यही मङ्सिर १९ र २० गते हुने गरी तयारी थालिएको कँडेल को भनाइ थियो ।

    बलेवा– बागलुङको सभापतिमा पुनःमतदान सुरु भएको छ । पहिलो चरणमा हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारको स्पष्ट बहुमत नआएकाले आज पुनः मतदान गर्नुपरेको निर्वाचन समितिले जनाएको छ ।

    सभापतिको उम्मेदवार बन्नुभएका जगदीशचन्द्र उपाध्याय, दोर्ण कुँवर र जीत शेरचन तीनै जनाले बहुमत प्राप्त गर्नुभएन । उपाध्यायले ७९०, शेरचनले ६८६ र कँुवरले १६४ मत प्राप्त गरेका थिय  । पैँतालिस मत बदर हुँदा पहिलो भएका उपाध्यायका लागि ३१ मत पुगेन । पार्टीको विधानअनुसार सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नल्याउँदासम्म पुनःमतदान गर्नुपर्ने व्यवस्था छ । जिल्लाभर एक हजार ७७५ मतदाता छन् । दोस्रो चरणको मतदानमा पहिलो र दोस्रो हुने उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    गलकोट–बागलुङ कांग्रेसको सभापतिमा पुनःनिर्वाचन हुने भएको छ । तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि फेरि मतदान हुने भएको हो । ७९० मत ल्याएका जगदीशचन्द्र उपाध्याय र ६८६ मत ल्याएका जीतबहादुर शेरचनबीच निर्वाचन हुने निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिएका छन्  ।

    उपाध्याय र शेरचनबीच १०४ मत फरक छ । सभापतिका लागि अर्का उम्मेदवार दोर्णकुमार कुँवरले १८६ मत ल्याएका थिए ।

    कूल १७८० मतदाता रहेको बागलुङमा १६८८ मत खसेकामा  ४५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । पार्टीको विधानमा  जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ । सोहीअनुसार अझै निर्वाचन हुने शर्माले बताएका छन्  ।

    अन्य पदाधिकारी र सदस्यको भने मतगणना भएको छैन । सभापतिको पुनःमत गणनापछि मात्रै एकैसाथ मतगणना गर्ने निर्वाचन अधिकृत शर्माको भनाइ थियो  । पुनःनिर्वाचनका लागि सूचना गरिएको भन्दै दुवै उम्मेदवारसँग छलफल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिएका छन्   ।

    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १२ मंसिर २०७८, आईतवार १३:५७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न
    बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्
    भरतपुरमा दाहालको अग्रता कायमै
    यो पनि हेर्नुहोस
    ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी
    काठमाडौंमा बालेनको अग्रता कायमै
    राप्तीमा गठबन्धनका उम्मेदवार विजयी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

    • २. पाउँदैनन् सर्वसाधारणले हुम्लामा जहाजको टिकट

    • ३. प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट

    • ४. हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

    • ५. सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology