• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

डोल्पामा पहिरोमा परि चालकको मृत्यु

कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए

सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

धनगढीमा एक जना मृत अवस्थामा भेटिए

लोसपा र नेसपा सत्ता पक्षसँग नजिकिँदै

चर्चित

  • १. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • २. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ३. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ४. सल्यानमा दुई भारतीय नागरिक पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्दै गर्दा पक्राउ

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ७. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • ८. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ९. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • १०. माछा उत्पादनबाट मनग्य आम्दानी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

निर्माणकै क्रममा भाँचियो पुल

  •  राष्ट्रिय संञ्चार
  • १२ मंसिर २०७८, आईतवार १७:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    भोजपुर –  भोजपुरमा निर्माणाधीन एउटा पुल भत्किएको छ।

    भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेको पुल भत्किएको हो । शनिबार सो पुल भत्किएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिएका छन् ।

    Advertisement

    ‘मलाई पनि पुल भत्किएको खबर आएको छ। स्विस सरकारको सहयोगमा बन्दै थियो के कसरी भत्कियो भन्ने बुझ्न प्राविधिक टोली जाँदैछ,’ अध्यक्ष राईले भने, ‘गाडी नै नचली त्यसरी भत्किएको विषय एकदमै गम्भीर पनि छ। मैले स्थानीय प्रतिनिधिहरूलाई पनि हेर्न जानू भनेको छु। छानबिन पनि हुनपर्छ भनेको छु। म चितवनबाट फर्किएपछि निरीक्षणमा जान्छु।’

    कोरोना भाइरसको महामारी सुरू हुनुअघि नै सो पुल बन्ने काम सुरू भएको थियो।

    यसमा दुई वटा ठेकेदार कम्पनीले काम गरेको उनले बताए। पुलको तल्लो भाग कार्कीबन्धु कन्स्ट्रक्सन प्रालिले बनाएको थियो भने माथिल्लो भाग खाम्पाचे जेभी कन्स्ट्रक्सन कम्पनीले काम गर्दै थियो।

    ‘स्विस सरकारले काम छिटो सकाउनुपर्छ भनेको थियो। ढिला भएपछि कामै नसकी छोड्न लागेको थियो। तर हामीले पुल बनाउने काम सकाइदिन अनुरोध गरेपछि उहाँहरूले फेरि काम सुरू गर्नुभएको थियो,’ अध्यक्ष राईले भने, ‘तर अहिले भत्किएछ। नत्र पुस-माघमै सञ्चालनमा आउने थियो।’

    Advertisement

    स्विस सरकारको सहयोगअन्तर्गत प्रदेशीय पुल संयोजक सूर्यनारायण चौधरीका अनुसार सो पुल निर्माण नयाँ तरिकाले बन्दै थियो। जुन तरिका नेपालमै पहिलो पटक बन्दै गरेको उनको भनाइ छ।

    पुल निर्माणको काम तीन करोड ५० लाखमा बनाउन लागिएको थियो।

    ‘स्विस सरकारले रिसर्च एन्ड डेभलपमेन्टअन्तर्गत बनाउन थालेको हो। रिसर्च नै गर्ने हिसाबले बनाएको हो,’ चौधरीले भने, ‘नयाँ खालको केबल ट्रस ब्रिज भन्ने पुल निर्माण हुँदै थियो, जुन नेपालमै पहिलो पटक बन्दै थियो। त्यो पुलमा केबलले सपोर्ट गरेको हुन्छ। अरूमा स्टिलले नै सपोर्ट गरी पुल बन्थ्यो भने यसमा केबलले स्टिललाई सपोर्ट गर्थ्यो।’

    पुलमा त्यही केबल राख्ने काममात्रै बाँकी थियो। अरू जग हाल्ने र माथि ढलान गर्ने काम सकिइसकेको उनले बताए।

    उनका अनुसार पुल निर्माणको काम ९० प्रतिशत सकिएको थियो।

    ‘त्यही केबल तान्ने काम बाँकी थियो। ढलान गर्न सकेपछि तान्ने कुरा थियो। केही समयअघि आएको बाढीले पनि समस्या आएको थियो,’ उनले भने, ‘हाम्रो प्राविधिक टोली काठमाडौंबाट जाँदै छ। त्यहाँ पुगेर के गर्न सकिन्छ भनेर हेरेर टुंग्याउँछौं।’

    स्विस सरकारको सहयोगमा खोटाङ, ओखलढुंगालगायत विभिन्न जिल्लामा पुल बनाइसकेको उनले बताए।

     

    Advertisement
    Advertisement

    Post Views: 6
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १२ मंसिर २०७८, आईतवार १७:४३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…
    प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित
    चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति
    यो पनि हेर्नुहोस
    अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली
    डोल्पामा पहिरोमा परि चालकको मृत्यु
    कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

    • २. प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

    • ३. चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

    • ४. अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

    • ५. डोल्पामा पहिरोमा परि चालकको मृत्यु

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology