चितवन । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाकाे केन्द्रीय कमिटीकाे सूचीकाे अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।रातोपाटी बाट
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।