काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ । सोमबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो।
आज बालुवाटारमा शिर्ष नेताबिच भएको छलफलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १९ क्षेत्रमा बाँकी रहेको र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै बाँकी रहेकोले तयारी नपुगेको भन्दै प्रदेश अधिवेशन सार्ने निर्णय भएको बताइएको छ ।
यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो। अब यही मंसिर १८ र १९ गते प्रदेश अधिवेशन तोकिएको छ। मंसिर १७ मै उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका बनाउने सहमति पनि भएको छ।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू मतदाता हुन्छन्। कांग्रेसले यही मंसिर २४ गतेदेखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।नेपाली बहस बाट