सुर्खेत-कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाही ले आज विश्वासको मत लिएका छन् ।
आलोपालो सत्ता सञ्चालनमा भएको सहमति अनुसार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्तिक १६ गते पदबाट राजिनामा दिएपछि शाही मुख्यमन्त्री बनेका थिए ।
शाहीको हुन्छ भन्ने पक्षमा २२ मत परेको थियो भने हुन्न भन्ने पक्षमा शून्य मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको थिएन ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।