नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा उनि ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन । शर्माका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेका छन। निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिएका हुन ।
निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।