सुर्खेत । नेपाली काँग्रेसको कर्णाली प्रदेश प्रथम अधिवेशन अन्तरगत प्रदेश कार्यसमितिको पदाधिकारी नतिजा सार्वजनिक भएको छ ।
पदाधिकारीको सार्वजनिक मत परिणाम अनुसार उप-सभापितमा कालिबहादुर सहकारीले ४९७ र सनतकुमार कार्कीले ४४३ मत ल्याएर विजयी भएका हुन् । यस्तै महामन्त्रीमा निरञ्जन केसीले ४२५ र कृष्ण रोकायले ४२३ मत ल्याएका छन् । भने सह-महामन्त्रीमा उपेन्द्रबहादुर थापाले ४३० र एकराज डाँगी ४५९ मत ल्याएर विजयी हासिल गरेका छन् । सह-महामन्त्री महिला पदमा रामछायाँकुमारी शाहीले ४२४ मत ल्याएकी छन् ।
विजयी सबै संस्थापन पक्षका हुन् । सदस्यहरूको मत गणना भने जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।