• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

जुम्लामा एमबिबिएस कक्षा सुरु

  •  राष्ट्रिय संञ्चार
  • २० मंसिर २०७८, सोमबार १०:५२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जुम्ला- कर्णाली चिकित्सा  शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो  ।

    सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो  । साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये आइतबार   १५ जना  भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए । पहिलो नम्बरमा भर्ना हुनुभएका छात्र ओमकुमार यादवले भन्नुभयो “ जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु । ”अर्का छात्रा अपेक्षा पराजुलीले प्रतिष्ठानका शिक्षक, प्रयोगशाला तथा उपकरण राम्रो भएकाले आफू एमबिबिएस अध्ययन गर्न आएको जानकारी दिएका छन्  ।

    Advertisement

    प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । सो तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौँ निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत हुनुहुन्छ ।

    यसैगरी दार्चुला ९हाल धनगढी० निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत हुनुहुन्छ । प्रतिष्ठानमा  यस वर्षदेखि स्नातक तहमा फार्मेसी ९बी फार्मेसी०, नर्सिङ पनि अध्यापन पनि सुरुआत गरेको छ ।  ती दुवै विषयमा  २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ ।

    प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन  गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह  अध्यापनका लागि  ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष ९आइसीयू० र चार शय्याको शल्यक्रिया कक्ष  छ । “जुम्लामा एमबिबिएस कक्षा सुरुआत भएसँगै  समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ । विपन्न जनताको पहुँचमा स्वास्थ्य सेवालाई स्थापित गर्न कोशेढुङ्गाको काम गर्नेछ । ” प्रतिष्ठानका एक पदाधिकारीले बताए  ।

    चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२  विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा  थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनभएसँगै यहाँको चिकित्सा शिक्षा र  स्वास्थ्य सेवा र  सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।”

    शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि  सरकारलई धन्यवाद दिनुभयो । “स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो”, उहाँले भन्नुभयो, “अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ । ”

    विशेष गरी ती दुवै शैक्षिक कार्यक्रम प्रतिष्ठानमा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप, दक्ष जनशक्ति ९शिक्षक०को व्यवस्थापनमा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा राजेन्द्रराज बाग्लेको अथक योगदान  थियो । उहाँले भन्नुभयो, “कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको सुरुआत भएको छ । अब उत्कृष्ट अध्यापनमा जोड दिनुपर्छ ।” एमबिबिएस कार्यक्रम सुरु भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीवासीको सपना अब पूरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।

    “अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पु¥याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ”, उहाँले भन्नुभयो, “विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकसमक्ष सेवा पु¥याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।”

    प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबिबिएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानले कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।अब सेवाका साथसाथमा  शिक्षामा जोड दिन्छौँ ।”

    कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पु¥याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा स्वास्थ्यकर्मीको व्यवस्थासमेत गर्दै आएको छ । विगतमा सिटामोलको चक्की नपाउने कर्णालीवासी अहिले विशेषज्ञ चिकित्सक सहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । कर्णालीले अब जडिबुटी मात्र होइन, देशलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने छ । रासस

    Advertisement

    Post Views: 0
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २० मंसिर २०७८, सोमबार १०:५२ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology