सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यसअघि साविकको कर्णाली अञ्चल र मध्यपश्चिम विकास क्षेत्रबाट कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका शाहीले सोमबार बिहानै कांग्रेसको १४ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने सार्वजनिक गरेका छन् ।
उनले आफू स्वाभाविक दावेदार भएको र देशभरका कांग्रेस कार्यकर्ताहरुको सुझावका आधारमा उक्त पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको आवाज उठाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।
Advertisement
