काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १४औँ महाधिवेशनमा पार्टी सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्री समेत रहेको देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।
‘यो अन्तिम पटक हो, मैले फेरि अर्को पटक सभापति हुन पाउँदिन । यस पटकलाई सहयोग गर्नुपर्यो’, देउवाले भने ।
त्यस्तै आगामी कार्यकालमा पार्टी सभापति निर्वाचित भएर आएमा कांग्रेलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । एमालेले जस्तो जनतालाई दुःख दिएर शक्ति प्रदर्शन नगर्ने समेत बताए ।
‘कांग्रेस आफ्नो महाधिवेशनमा शक्ति प्रदर्शन गर्ने पक्षमा छैन। एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइनन् । अहिले कोरोनाको नयाँ भेरिअन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन,’ । ‘कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन । हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौँ। तर त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौँ।’ देउवाले भने,