• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

डोल्पामा पहिरोमा परि चालकको मृत्यु

कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए

सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

धनगढीमा एक जना मृत अवस्थामा भेटिए

लोसपा र नेसपा सत्ता पक्षसँग नजिकिँदै

चर्चित

  • १. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • २. पहिरोले गोसाइँकुण्डका यात्रु प्रभावित

  • ३. लाइसेन्सको परीक्षा अंकभार प्रणालीबाट लैजान सातै प्रदेश सहमत

  • ४. सल्यानमा दुई भारतीय नागरिक पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्दै गर्दा पक्राउ

  • ५. ज्येष्ठ नागरिकले चाडपर्व मनाउन १० हजार भत्ता पाउने

  • ६. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • ७. बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा

  • ८. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ९. टिकटकमा सम्बन्ध विच्छेदको कुरा गरेकी महिलाको आफ्नै पतिले गरे हत्या

  • १०. माछा उत्पादनबाट मनग्य आम्दानी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना शिलान्यास

  •  राष्ट्रिय संञ्चार
  • २० मंसिर २०७८, सोमबार १३:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-  कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रङ्गशालाको निर्माण कार्य शुरु भएको छ । आज मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रङ्गशाला निर्माण कार्यको शिलान्यास गरेका छन्  ।

    रङ्गशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँ बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो । रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल बा्ेलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको हो ।

    Advertisement

    रङ्गशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्  । “खेलकूद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्व बुझेर कामलाई गति दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, शाहीले भने , “हामीले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्नुपर्नेछ, त्यस अगावै हाम्रा पूर्वाधार व्यवस्थित भइसक्नुपर्छ ।” साथै उनले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

    शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रङ्गशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रङ्गशाला निर्माण गर्ने सरकारको योजनाले खेलकूदको विकासमा बहुआयामिक टेवा पु¥याउने धारणा राखेका छन्  ।

     कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । “रङ्गशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै खालका संरचना निर्माण गरिनेछ”, परिषद्का सदस्य सचिव सञ्ज्यालले भने , “रङ्गशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधी बन्नेछन्, बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।”

    रङ्गशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक बनाइनेछ । भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ । अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको ढाँचा तयार गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् ।

    Advertisement

    कर्णाली प्रदेश सरकारले असार १६ गते रङ्गशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । भौतिक संरचनाको अभावमा खेलकूद क्षेत्र विकास हुननसकेका बेला रङ्गशाला निर्माणले कर्णालीका खेलाडी उत्साही बनेका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 51
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २० मंसिर २०७८, सोमबार १३:४३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…
    प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित
    चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति
    यो पनि हेर्नुहोस
    अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली
    डोल्पामा पहिरोमा परि चालकको मृत्यु
    कर्णालीका नवनियुक्त मन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

    • २. प्रतिनिधि सभाको अर्को बैठक ३१ गते सम्मको लागि स्थगित

    • ३. चुनाव चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा गराउन दाहाल–भट्टराई सहमति

    • ४. अन्य राजनीतिक दलले २९ वर्षका युवालाई उम्मेदवार बनाएर देखाउन् : अध्यक्ष ओली

    • ५. डोल्पामा पहिरोमा परि चालकको मृत्यु

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. आज नागपञ्चमी पर्व मनाइँदै

    • ५. घरको छतमा नै ड्रागन खेती

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology