काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रदेश नम्बर १ को अधिवेशनमा मतदान नगरेकोमा माफी मागेका छन्।
पौडेल–कोइराला समूहबाट सभापतिका उमेदवार बनेका घिमिरेलाई आफ्नै समूहका डा. शेखर कोइराला, महेश आचार्य, बलबहादुर केसी र सुजाता कोइरालाले भोट नहाल्दा २ मतले पराजित हुन पुगेका हुन् ।
घिमिरे सभापतिका अर्का उम्मेदवार उद्धव थापासँग २ मतअन्तरले पराजित भएका थिए।
तर प्रदेश अधिवेशनमै गएका पौडेल पक्षका शीर्ष नेताहरूले घिमिरेलाई मतदान गरेका थिएनन् । मतदान स्थलमा नै पुगेका नेताहरुले मतदान नगरेपछि झिनो अन्तरले पराजय भएका थिए । आफ्नै समूहको नेताहरुले मतदान नगरेकै कारण घिमिरे पराजय भएको भन्दै चौतर्फी रुपमा आलोचना भएपछि कोइरालाले क्षमा मागेका हुन् ।
क्षमा माग्दै कोइरालाले भनेका छन्, प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको हो । ।
‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ कोइरालाले भने ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’ यो समचार news24 मा छ ।