काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक आज बस्ने भएको हो ।
आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय गर्ने छ ।
२५-२६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।