एजेन्सी : भारतको चिफ अफ डिफेन्स स्टाफ(सीडीएस) विपीन राउत चढेको सेनाको हेलिकोप्टर दुर्घटना हुनु सात मिनेट अघि नै संम्पर्क विहिन भएको थियो ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले हेलिकप्टर दुर्घटना हुनुभन्दा केही मिनेटअघि सम्पर्कविहीन भएको बताएका हुन् ।
दुर्घटनाको कारण थाहा हुन सकेको छैन । रक्षामन्त्री सिंहले संसदमा बोल्दै सीडीएस रावत बोकेको हेलिकप्टर दुर्घटना हुनु भन्दा सात मिनेटअघि नै एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्कविहीन भएको बताएका छन् ।
रक्षामन्त्री सिंहले छानविन प्रक्रिया अघि बढिसकेको समेत संसदलाई जानकारी गराएका छन् । ब्लयाक बक्स भेटिसकेकाले छानविनमा सहजता हुने रक्षामन्त्री सिंहले संसदमा भनेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।