• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

बिहारमा आँधीबाट ३३ को मृत्यु

परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ६. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ७. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ?

  •  राष्ट्रिय सञ्चार
  • २५ मंसिर २०७८, शनिबार १३:२७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ ।

    नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ ।

    Advertisement

    उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको रु १० खर्ब बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा रु ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबार पछि रु ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम रु २१ अर्ब भन्दा बढी भएकामा बिहीबार रु दुई अर्ब ६७ करोडमा सिमित हुन पुगेको छ ।

    शेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निरासा छाएको छ । अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को प्राथमिक शेयरबाट आइपिओ भर्न सुरु गरेका भक्तपुरका माधव ढकाल साथीको सहयोगमा दोस्रो बजारमा छिर्नुभएको थियो । “सुरुमा राम्रै कमाइ भयो, कमाइ देखेर सापटी मागेर अरु रकम यसमा लगाएँ अहिले घाटामा छु, बेच्न नि घाटा छ, सस्तोमा किन्न पैसा छैन”, उहाँ भन्नुहुन्छ ।

    त्यस्तै शेयर बजारका बादशाह भनेर चिनिने लगानिकर्ता निर्मल प्रधान बजार घटबढ हुनु स्वभाविक भएको र बुझेर लगानी गर्न सुझाव दिनुहुन्छ । आम लगानीकर्ता बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्छन् जुन सही होइन, बजार केही समय घट्छ र पछि बढ्छ पनि त्यसैले धै¥र्यता आवश्यक हुने बताउँदै सरकार र नियामक निकाय पनि शेयर बजारको दिगो विकास तथा विस्तारमा संवेदनशील हुन जरुरी रहेको धारणा राख्छन् ।

    नेपालको पूँजीबजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । “जब बैंकमा तरलता बढी हुन्छ, उनीहरु सस्तो ब्याजदरमा शेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता सङ्कट आउँछ उनीहरु निक्षेप बढाउन व्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब शेयर कारोबार घट्ने गरेको छ”, प्रधान अनुभव सुनाउँछन् ।

    साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा

    सिडिएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको सङ्ख्या ४७ लाख नाघिसकेको छ भने मेरो शेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये सङ्ख्याका आधारमा साना लगानीकर्ताको अत्याधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पूँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ ।

    शेयर बजार स्वतन्त्ररुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिनुहुन्छ । हाल गृहणी र महिला लगानिकर्ताको सङ्ख्यासमेत बढेको छ, सानोसानो पूँजी जम्मा भएर नै दैनिक कारोबार करिब रु २२ अर्ब पुगेको थियो । त्यस्ता साना र नयाँ शेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरुपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ ।

    घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र शेयर बजारमा लगानी गर्दा धै¥र्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।

    “बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो शेयरका साथै शेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो रहेको छ”, शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रौनियारले आफ्ना धारणा राख्नुभयो । उहाँले बजारमा राम्रो सम्भावना रहेको र पूँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउन र प्रतिकूल हुँदा धै¥र्यता अपनाउन आवश्यक हुने बताउनुभयो ।

    जुट्दै लगानीकर्ता सङ्घ

    नेपालको पूँजी बजार जब घट्न थाल्छ, तब शेयर बजार सुधार गर्ने नाममा विभिन्न कार्यक्रमसहित लगानिकर्ता मिलेर सङ्घ खोल्दै आन्दोलन गर्ने गरेका छन् । छोटो समयमा नै यस्ता सङ्घ धेरै बनेको अवस्थामा पछिल्लो समय सबै मिलेर अगाडि बढ्ने भन्दै जुट्न थालेको देखिन्छ । शुक्रबार आयोजित ‘पूँजी बजारको सङ्कट र समाधानको सूत्र’ नामक छलफल कार्यक्रममा अग्रज लगानीकर्ताका साथै सबै सङ्गठनका पदाधिकारीले पनि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा अग्रज शेयर लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल, स्वतन्त्र पूँजी बजार लगानीकर्ता सङ्घका अध्यक्ष रोहन कार्कीलगायतको सहभागिता थियो । कार्यक्रममा सबैले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न सम्पूर्ण लगानीकर्ता एकजुट हुनुपर्ने बताएका थिए ।

    कार्यक्रममा शेयर कारोबारमा मार्जिज ट्रेडिङको कार्यान्वयन, शेयर कर्जामा लगाइएको रु चार देखि १२ करोडको सीमा पुनर्विचार, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका तीन वर्षअघि भएको ५८ बँुदे मागको चाँडोभन्दा चाँडो सम्बोधन गर्न सबै लगानीकर्ता एक भएको अध्यक्ष ढकालले बताउनुभयो । पूँजी बजारमा देखिएका समस्या समाधान र यसको विकास तथा विस्तारका लागि लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा कार्यदलसमेत बनेको छ ।

    Advertisement

    Post Views: 5
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २५ मंसिर २०७८, शनिबार १३:२७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न
    बिहारमा आँधीबाट ३३ को मृत्यु
    परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
    यो पनि हेर्नुहोस
    डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
    नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो
    आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हालसम्म ७०७ पालिकाको मतगणना सम्पन्न

    • २. सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा

    • ३. बिहारमा आँधीबाट ३३ को मृत्यु

    • ४. परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

    • ५. डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology