• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

जाजरकोटमा प्रस्तावित संरक्षण क्षेत्रमै कस्तुरी मारिए

  •  राष्ट्रिय संञ्चार
  • २६ मंसिर २०७८, आईतवार १३:५१ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जाजरकोट-  राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चार कस्तुरी मारिएको तथ्य सार्वजनिक भएको छ । असोज महिना लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताएका छन्  ।

    जुम्लाका व्यापारीले बारेकोटका स्थानीयवासीसँग मिलेर कस्तुरीलाई पासो हालेर मारेको तथ्य सार्वजानिक भएको सिंहले जानकारी दिए  । सरकारी संयन्त्र गतिलो नहुँदा वन्यजन्तु संरक्षणका लागि बारेकोटमा काम हुन नसकेको हो । अधिकृत सिंहले भने, “एक महिनामा एक जनाले चारवटा मारेको खबर थियो, म जङ्गल जाँदा यो त नमूनासमेत फेला परे, डोल्पा र जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका सिकारीले एक सिजनमा सात÷आठवटा कस्तुरी मार्छन्, मुल्साम जिरिमा पनि मार्छन् भन्ने कुरा छ, दाँतप्रति एक हजारका दरले  बिक्री गरेको खबर आएको छ । ”

    Advertisement

    तीन वर्षमा प्रहरीले बरामद गरेका १९ लोपोन्मुख रेडपाण्डा (रातो हाब्रे) को छालामध्ये १० जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्याङ्क छ । घटनामा आठजना जाजरकोटका युवा पक्राउ परेका छन् । गत आइतबार मात्रै बारेकोटको मुलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।

    कस्तुरी प्रजजन केन्द्र स्थापना हुँदै

    बारेकोट गाउँपालिका–९ सक्लामा कस्तुरीपालन तथा प्रजनन केन्द्र स्थापना गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको छ  । कोषले प्रजजन केन्द्र बनाउन एक करोड १८ लाखमा काम भइरहेको छ । कोषका वरिष्ठ संरक्षण अधिकृत डा नरेश सुवेदीले केन्द्रका लागि यसवर्ष एक करोडकै हाराहारीमा बजेट विनियोजन भई काम भएइरहेको बताएका छन्  ।

    उनका अनुसार भवनको काम सकिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन वा डोल्पाबाट बीउ कस्तुरी ल्याएर प्रजनन केन्द्र स्थापना गरिने छ । नेपालमा  वन्यजन्तु प्रजनन र व्यावसायिक पालनका लागि कानून निर्माण भएपछि प्रजजन केन्द्र स्थापनाको बाटो खुलेको हो ।

    Advertisement

    त्यस्तै मासुका लागि जरायो, चित्तल, रतुवा, घोरल, बँदेललगायत वन्यजन्तु पाल्ने नियमावली पास भएसँगै थप बाटो खुलेको हो  । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत हुन भने बाँकी छ ।

    डिभिजन वन कार्यलयका कर्मचारी अधिकांश समय सदरमुकाम बसेर दिन कटाउने गरेका छन् । स्थानीय जनप्रतिनिधि सर्वसाधारणसँगसम्बन्ध बिग्रने डरले चोरी निकासी भए पनि चुप लागेर बस्ने गरेका पाइएको छ । बारेकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले व्यक्तिगत रुपमा जङ्गलमा राखिएका पासो नष्ट गर्ने काम गरिएको बताएका छन्  ।

    चोरी निकासी रोक्ने प्रहरी प्रमुख हटाउन दबाब

    बारेकोटमा भारी मात्रामा चोरी निकासी हुने गरेको सूचना आधारमा पछिल्लो समय प्रहरीले आफ्नो अभियान आक्रमक बनाएको छ । बारेकोट तथा अन्य ठाउँबाट दर्जन बढी हतियार र तस्करलाई कब्जामा लिई मुद्दा चलाइरहेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए  ।

    स्थानीयवासीबाट असहयोग हुँदा काम गर्न मुस्किल भएको उपरीक्षक थापाले दुखेसो  गरे । प्रहरीको अभियान आक्रमक भएपछि उपरीक्षक हटाउन माग गर्दै नेताहरु गृहमन्त्रालयसमेत पुगेका थिए । वषांैदेखि बदमासी गरेर व्यापार गर्दै आएका सञ्जालको जालो भत्किएपछि अहिले तस्करको रुवाबासी भएको सर्वसाधारण बताउछन् ।

    Advertisement

    Post Views: 46
    २६ मंसिर २०७८, आईतवार १३:५१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology