कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार २८२ मत गणना हुँदा देउवाले १ हजार ५५६ मत प्राप्त गरेका छन्।
त्यस्तै, सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १ हजार १९७ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १७ मत पाएका छन्।
अझै १ हजार ३९७ मत गणना गर्न बाँकी छ। देउवालाई सभापतिमा जित्न ७८४ मत आवश्यक छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।