काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ ।
सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दोस्रो चरणमा चुनाव हुने भएको हो ।
कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताएका छन् ।
मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनावि तय भएको हो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।