काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरूसित मत मागेका छन् । मंगलबार महाधिवेशनस्थल काठमाडौंको प्रदर्शनी मार्गमा पुगेर उनले मत मागेका हुन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सभापति चयनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदै छ । पहिलो चरणमा सभापतिका कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
पहिलो चरणमा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदै छ ।
महाधिवेशन प्रतिनिधिहरूसित मत मागेर कोइराला मतदान केन्द्रको निरीक्षणका लागि राष्ट्रिय सभागृहभित्र गएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।