काठमाडौं। डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन् । कांग्रेस महामन्त्रीमा अपेक्षित मत प्राप्त नभएको र निर्वाचन हार्ने निश्चित जस्तै भएपछि आँफूले रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आँफूले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । संसदीय परिपार्टीमा कुनै पनि निर्वाचनमा पराजय भएपछि सरकारमा रहनु हुन्न भन्ने पूरानो मान्यता छ ।
तर यो संस्कृति नेपाली राजनीतिमा देखिएको थिएन । मिनेन्द्रको राजीनामा यो संस्कृतिलाई पालना गर्दै आएको नेपाली राजनीतिमा सम्भवतः यो पहिलो पटक हो । कांग्रेस महामन्त्रीका उम्मेदवार उनी सम्भावित विजयबाट धेरै पाछाडी भैसकेका छन् । मतगणना अहिले पनि जारी छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।