काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाको अग्रता कायमै छ । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।
३१२० मत गन्दा गगन थापाले २०३७, विश्वप्रकाश शर्माले १२५५, डा. मीनेन्द्र रिजालले ५४६, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५ र डा. राजाराम कार्कीले ७५ मत पाएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअनुसार गगन थापा ७८२ मतले अगाडि छन् ।
महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । दुईजना निर्वाचित हुनेछन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।