काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् । सुरुबाटै अग्रता लिएका उनले मतान्तर बढाउँदै लगेका छन् ।
३४२० मतगणना हुँदा गगन थापाले २२२७, विश्वप्रकाश शर्माले १३७६, प्रदीप पौडेलले ९३०, डा. प्रकाशशरण महतले ११२७, डा. मीनेन्द्र रिजालले ६०३ र डा. राजाराम कार्कीले ७७ मत प्राप्त गरेका छन् ।
महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेपनि दुईजना निर्वाचित हुनेछन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।